एक महिलालाई कुटपिट गरी हत्या आरोपमा ८ जना पक्राउ



पोखरा

पूर्वी नवलपरासी: एक साताअघि एक महिलालाई कुटपिट गरी हत्या गरेको अभियोगमा देवचुली नगरपालिकाकाकी वडा सदस्यसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अघिल्लो बुधबार राति देवचुली नगरपालिका वडा नम्बर १ केउरेनीगाकी ३३ वर्षीया तोलमाया बाचे मगरलाई छिमेकीले कुटपिट गरेका थिए । कुटपिट गरेको भोलिपल्ट बिहीबार बिहान ४ बजे उनी आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

तोलमया र छिमेकी धनबहादुर नेपाली बुधबार राति तोलमायाकै घरमा एकै ठाउँ सुतेको अवस्थामा छिमेकीले फेला पारेका थिए । धनबहादुरकी श्रीमतीले तोलमाया र आफ्ना श्रीमान् एउटै बिस्तारामा सुतेको देखेको बताएपछि गाउँलेको हुल नै लागेर तोलमायालाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।

मृतकका छोराले गाउँलेले कुटपिट गरेर आफ्नी आमालाई मारेको बयान दिएपछि घटना गम्भीर बनेको भन्दै प्रहरीले अनुसन्धान थालेको जनाएको छ । जिल्ला प्रहरीका सई टिकाराम पोख्रेलका अनुसार मृतकका लोग्ने नरबहादुर बाचे मगरले गाउँले मिलेर आफ्नी श्रीमतीको हत्या गरेको भन्दै किटानी जाहेरी दिएको आधारमा ८ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनबहादुर पनि रहेका छन् । उजुरी दिने तोलमायाका लोग्ने पाल्पामा ज्याला मजदुरीको काम गर्दै आएका थिए । लोग्ने घरमा नभएको अवस्थामा धनबहादुर र तोलमाया नजिकिएको छिमेकीले बताएका छन् ।

वडा सदस्य सुकमाया सार्की समेत गएर बुधबार राति नै कुटपिट गरेको खुलेको प्रहरीको भनाइ छ । धनबहादुर र तोलमायालाई छिमेकीले पटक–पटक एकैसाथ पाएपछि यसअघि पनि गाउँमा कचहरी भएको थियो ।प्रहरीले ८ जनालाई गत सोमबार गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा उमा नेपाली, सुजन नेपाली, देवबहादुर बसेल सार्की, दिपककुमार नेपाली, सुशिल नेपाली, सोममाया बसेल नेपाली लगायत हुन् । घटनाबारे प्रहरीले बुधबार मात्र सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja