तनहुँस्थित पानी ट्याङ्कीमा भेटिएको शव पोखराकी महिलाको भएको पुष्टि



Toe tag

पोखरा

तनहुँस्थित खानेपानी ट्याङ्कीमा भेटिएको शव पोखराकी महिलाको भएको पुष्टि भएको छ ।

शव पोखरा महानगरपालिका वडा नं. ३३ बागमाराकी ४२ वर्षकी शान्ति श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शान्तिका छोरा गणेश श्रेष्ठले शवको पहिचान गरेको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । श्रेष्ठको म्याग्दे गाउँपालिका वडा नं. ४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा भेटिएको थियो ।

श्रेष्ठ गत फागुन महिनादेखि नै घरबाट हराएकी थिइन् । उनी बेपत्ता भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा शव भेटिएपछि आफन्तलाई खबर भइ शवको पहिचान खुलेको इन्स्पेक्टर शर्माले बताए ।

घटना शंकास्पद देखिएपनि श्रेष्ठ पानी ट्याङ्कीमा पर्नुको कारण नखुलेको र अनुसन्धान भइरहेको उनले बताए । श्रेष्ठको शव दमौली अस्पतालमा राखिएको छ ।मनहरि क्षेत्रका १३८ घरधुरीमा वितरण गरिएको धाराबाट आएको पानीमा दुई दिन अघिबाट गन्ध आएपछि उपभोक्ताहरुले समितिमा जानकारी गराएसँगै पानी ट्याङ्कीमा गइ हेर्दा आइतबार बिहान शव भेटिएको थियो ।

‘२/३ दिन अघिदेखि उपभोक्ताहरूबाट पानी गन्हायो भनि गुनासो आएको र बिहान ट्याङ्कीको ढकन खोलेर हेर्दा शव देखिएपछि प्रहरीलाई खबर गरेको उपभोक्ता समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja