तनहुँको घाँसीकुवा सडक रातको समयमा थप १९ दिन बन्द हुने



पोखरा

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड थप १९ दिनका लागि बन्द गरिने भएको छ ।

सडक विस्तारका लागि सडक चौडा बनाउन भित्तो काट्ने काम भइरहेकाले उक्त सडकखण्ड रातिको समयमा ४ घण्टा बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म रातिको समयमा ४ घण्टा राजमार्ग बन्द गरिने भएको छ ।

‘पूर्वी खण्डको यस सडकखण्डमा भित्तो कटानको काम अझै बाँकी रहेको र रातिको समयमा यातायातको चाप पनि कम हुने हुँदा अत्यावश्यक बाहेक अन्य सवारी आवगमन बन्द गरी काम गर्न लागिएको हो,’ प्रजिअ गैरेले भने ।

यसअघि २ पटक समय थप गरिए पनि भित्तो कटान कार्य नसकिएकाले समय थपिएको उनले बताए । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक फागुन १८ देखि २७ गतेसम्म र दोस्रो पटक सोही खण्ड फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ देखि बिहान ४ बजेसम्म बन्द गरी सडकको भित्तो काट्ने काम गरिने जानकारी गराएको थियो ।

उक्त समयसम्म अत्यावश्यक सवारी साधानबाहेक सवारी साधन पूर्णरूपमा बन्द गरी काम गर्ने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja