काँग्रेसले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा



पोखरा

गण्डकी प्रदेशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ ।

वर्तमान सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको भन्दै काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले एमाले नेतृत्वको सरकारलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।
नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट काँग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता पाण्डेले बहुमत गुमाएर सरकार अल्पमतमा परेको भन्दै दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

‘…अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ । ‘कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, कर्मचारी नियुक्त्ती, सरुवा-बढुवा लगायतको काम गर्नु न्यायसंगत मानिदैन’, नेता पाण्डेले विज्ञप्ति मार्फत भनेका छन्।

काँग्रेसले आज उप्रान्त मुख्यमन्त्री अधिकारीको नेतृत्वको सरकारबाट हुने निर्णयबाट प्रदेशलाई सिर्जना हुने आर्थिक लगायतका दायित्व नयाँ सरकारले नलिने चेतावनी समेत दिएको छ । राष्ट्रिय राजनीतिको मर्म र भावना अनुसार नै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको उल्लेख गर्दै काँग्रेसले निर्वाचनपछि केही समय लिक बाहिर पुगेको राजनीति पुनः सही लिकमा प्रवेश गरेको दावी गरेको छ ।

गण्डकी प्रदेशमा गत पुष २५ मा एमालेका अधिकारी नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति निर्वाचनपछी केन्द्रमा फेरिएको राजनीतिक समीकरणसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अप्ठ्यारोमा परेको छ ।

मुख्यमन्त्रीको प्रमुख दाबेदारका रुपमा बर्तमान सत्ता गठबन्धनबाट कांग्रेस संसदीय दलको नेता पाण्डे रहेका छन् । प्रदेशमा काँग्रेस र माओवादी केन्द्रको रुपमा चर्चा चलेपनि प्रदेशको ठूलो दलको हैसियतमा अबको प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने नेता पाण्डेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja