तनहुँमा लागूऔषधसहित ३ जना पक्राउ



पोखरा

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पुलजिपमा सोमबार दिउँसो लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १८२ नम्बरको बस पुलजिपस्थित अस्थायी प्रहरी पोष्ट मुग्लिङमा जाँच गर्ने क्रममा प्रहरीले बसमा सवार रुपन्देही सिद्धार्थ नगरपालिका–६ पिपरैयाका ४० वर्षीय महेस चमार, तनहुँको ऋषिङ गाउँपालिका–१ सपाङदीका २१ वर्षीय आकाश गाहा मगर र देवघाट गाउँपालिका–२ बैदीका २१ वर्षीय सुरज थापालाई पक्राउ गरेको हो ।

प्रहरीले महेश र आकाशको साथबाट डाईजेपाम, फेनारागन, नुर्फिन लगायतका ४५ थान लागूऔषध फेला पारेको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । तीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja