पोखरा-जोमसोम नियमित उडान सुरु



पोखरा

पोखरा-जोमसोम नियमित उडान सुरु भएको छ । जाडो मौसम सकिएलगत्तै पोखरा विमानस्थलबाट समीट र तारा एयरको दैनिक नौवटा उडान हुँदै आएको बताइन्छ । 

विमानस्थल सञ्चालन प्रमुख जशोदा सुवेदीका अनुसार गत साताबाट समीटले नियमित उडान सुरु गरेको छ । योसँगै तारा एयरले पनि यो गन्तव्य उडान तयारी गरिसकेको छ । प्रमुख सुवेदीले भनिन्, ‘जाडो महिनामा यो सेक्टरतर्फको उडान प्रभावित भएको थियो अहिले पर्यटकीय सिजन सुरु भएसँगै माग उल्लेख्य आएको छ ।’

उनका अनुसार समीट र ताराले दैनिक ४-४ वटा उडान गर्दै आएका छन् । दुवैको उडानमा अकुपेन्सी उल्लेख्य रहेको उनले जानकारी दिइन् । यसका लागि तारा र समीटले एकऔएकवटा जहाज नाइट स्टप राख्दै आएको उनले बताइन् । पुरानो विमानस्थलबाट फिक्स विङसँगै यतिखेर हेलिकोप्टर, अल्ट्रालाइट लगायतको उडान सञ्चालन हुँदै आएको उनले जानकारी दिइन् ।

गत जनवरी १ बाट अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आएसँगै नागरिक उड्डयन प्राधिकरणले विकट गन्तव्यतर्फको उडान भने पुरानै विमानस्थलबाट सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja