गोरखामा ट्रक दुर्घटना : २ को मृत्यु, ६ जना घाइते



पोखरा

गोरखा नगरपालिका–६, बिसौनीमोडमा मिनी ट्रक दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते एक जनाको उपचारको क्रममा गोरखा अस्पताल र एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए । गोरखा अस्पतालमा मृत्यु भएका मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा सख्त घाइते बनेका दोलखा शैलुङ गाउँपालिका–६ घर भएका दोलखा घर भइ धादिङको राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत ३२ वर्षीय विष्णु खड्काको चितवनस्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

दुर्घटनामा घाइते भएका ६ जना उपचाररत छन् । दुर्घटनाका गम्भीर घाइते २ जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बर्दिया घर भएका २८ वर्षीय मंगल चौधरी, सहिद लखन गाउपालिका–४ का बुद्धिबहादुर नेपालीलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । चार जनाको भने गोरखा अस्पतालमा उपचार भइरहेको डीएसपी लिलाराज लामिछानेले बताए । बसपार्कबाट आबुखैरेनी जाँदै गरेको प्रदेश–३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रक अनियन्त्रित हुँदा एक मोटरसाइकल र पैदलयात्रीलाई ठक्कर दिँदै सडकबाट तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja