कावासोतीमा तीनवटा गिद्ध मृत फेला



पोखरा

गिद्ध संरक्षणमा नमुना काम भइरहेकै बेला कावासोतीमा एकैथलोमा तीनवटा गिद्ध मृत फेला परेका छन् । कावासोती नगरपालिका ३ स्थित नमूना जिल्ला सदरमुकाम क्षेत्रभित्रको जंगलमा सोमबार तीनवटा वयस्क गिद्ध मृत अवस्थामा फेला परेका हुन् ।

संरक्षणकर्मी डीबी चौधरीले गिद्धको बासस्थान र बच्चा कोरल्ने गुण भएको थलो नजिकै एकैपटक तीनवटा गिद्ध मृत भेटिएको बताए । कुखुरा र हाँसपालक व्यवसायीले आफ्ना हाँस र कुखुराहरू स्यालबाट जोगाउनका लागि स्याललाई मार्न विषादीको प्रयोग गरेको र त्यही विषादी खाएर मरेको स्याल खाँदा गिद्ध पनि मरेको हुन सक्ने चौधरीको भनाइ छ ।

हाल मृत गिद्ध भेटिएको क्षेत्र आसपासमा अरु गिद्धहरू पनि मरेको हुन सक्ने भन्दै संरक्षणकर्मीहरू गिद्ध खोज्न थालेका छन् । ‘हामीले चरा संरक्षणमा चासो राख्ने र यहाँको जटायू रेस्टुरेन्ट (गिद्धको आहारा राख्ने स्थान) मा खटिएका साथीहरूलाई खोज्न पठाएका छौँ‚’ चौधरी भन्छन्‚ ‘जिल्ला वनको टोली पनि खटिएको छ । सिनो खान गिद्धको बथान नै आउने गरेकाले अन्य गिद्ध पनि मरेको हुनसक्ने आकलन गरिएको छ । उडेर टाढा-टाढा पुग्ने भएकाले मृत गिद्धको संख्या यकिन हुन सकेको छैन ।’

नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ८ प्रजातिका गिद्ध कावासोती क्षेत्रमा पाइन्छ । नेपालमा हाल करिब १५ हजारको संख्यामा गिद्ध रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja