आज पोखराका विभिन्न स्थानमा विद्युत कटौती हुने 



पोखरा

आजदेखि पोखरा–लेखनाथ १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि आयोजनाको काम गर्ने भएकाले विद्यतु कटौती हुने नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालयले जनाएको छ । आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ११ केभी लाइन सटडाउन गरी कण्डक्टर बदल्ने काम हुने प्राधिकरणले जनाएको छ ।

आज कालिका फिडरको लेखनाथको अर्घांैचोकदेखि जलधारेसम्म, बुढीबजार फिडरको सबै स्थान, खैरेनी फिडरको सबै स्थान र बेगनास फिडरको पौरखेदेखि हंसपुरतर्फ बाहेक सबै स्थानमा विद्युत कटौती हुने बताइन्छ । मौसम अनुकुल नभएमा क्षमताको अभिवृद्धिको काम नहुने पनि सूचनामा उल्लेख गरिएको छ । नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालय अन्तर्गतको ग्रीड सञ्चालन विभागले उक्त प्रसारण लाइनमा रहेका कण्डक्टर बदली कार्य गर्न लागेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja