गण्डकी प्रदेशमा हावाहुरी र चट्याङ्गसहित वर्षाको सम्भावना



पोखरा

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरा लगायत केही भूभागमा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहिरहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । 

यस्तै, आज राति गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी, कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

देशका पहाडी भूभाग चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja