पोखराको अन्नपूर्ण केवलकारको भाडादरमा भारी छुट



पोखरा

होलीको अवसरमा पोखराको अन्नपूर्ण केवलकारले सेवाग्राहीलाई भाडादरमा भारी छुट प्रदान गरेको छ ।

पोखराको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कम्पनीले भाडादरमा भारी छुट गरिएको जनाएको छ । केवलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाका अनुसार यसअघि कायम गरिएको दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । कम्पनीका अनुसार बिहान ५ देखि ७ः३० बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा अब चार सयमात्रै तिरे पुग्छ । यसअघि सो समयमा सात सय रुपैयाँ भाडा थियो । 

यस्त्र, अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा ३५० मात्रै कायम गरिएको कम्पनीले जनाएको छ । विद्यार्थी र बालबालिकालाई पनि छुट प्रदान गरिएको छ । विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि ७ः३० बजेसम्म दुईतर्फी चार सय र एकतर्फी यात्राका लागि दुई सय रुपैयाँ शुल्क तय गरिएको छ ।

बिहान ७ः३० देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि दिउसो १ः३० बजेसम्मका लागि भने पहिलेकै भाडादर तय गरिएको छ । यो समयमा यात्रा गर्ने अपाङ्गता, बालबालिका र विद्यार्थी बाहेकलाई दुईतर्फी भाडा सात सयमात्रै कायम गरिएको छ ।

पर्यटकीय नगरी पोखराको सेदीबगरदेखि सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिन्छ । कम्पनीले साँझको समयमा पनि छुटको व्यवस्था गरेको छ । बिहानी सेवाजस्तै दिउँसो २ बजेदेखि ६ बजेसम्म यो सेवा प्रदान गर्न लागिएको प्रशासन प्रमुख तिमिल्सिनाले बताए । अन्नपूर्ण केवलकारले यसअघि पनि विभिन्न छुट प्रदान गर्नुका साथै यात्रुका लागि विशेष बस सेवा सञ्चालनमा ल्याएको थियो । स्वेदशी तथा विदेशी पर्यटक यसबाट पनि लाभान्वित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja