प्रसिद्ध धार्मिकस्थल मनकामनामा परेवा उडाउन निषेध 



पोखरा

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परेवा उडाउन निषेध गरिएको छ ।

मनकामना क्षेत्र विकास समितिले दुई वर्षअघि रोक लगाए पनि लुकिछिपी उडाउन नरोकिएपछि थप कडाइ गरिएको हो । देशका विभिन्न ठाउँबाट भक्तजनले ल्याएका परेवा वातावरण अनुकूलन नहुँदा र अत्यधिक चिसोका कारण मर्न थालेपछि परेवा उडाउन कडाइ गरिएको हो । दैनिक सयौंको संख्यामा परेवा मर्नेर् क्रम बढेको समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । ‘परेवा मर्दा फैलिन सक्ने विभिन्न रोग, दुर्गन्धलगायत अन्य क्षतिलाई मध्यनजर गर्दै परेवा ल्याउन पूर्णरूपमा निषेध गरेका हौं,’ उनले भने ।

भाकलका लागि भक्तजनले ल्याएका परेवाको रोग मनकामना क्षेत्रमा भएका परेवामा पनि सर्न थालेपछि थप कडाइ गरिएको उनले बताए । ‘दुई वर्षअघि रोक लगाएका थियौं, तर परेवा उडाउन रोकिएन,’ उनले भने, ‘परेवा धेरै सानो ल्याउने, मन्दिरभित्र रोक छ भनेपछि बाटोमै छाडिदिने पनि गरिएको छ ।’ अव्यवस्थित रूपमा छाड्दा व्यवस्थापनमा समस्या आएको स्थानीय बताउँछन् ।

मनकामनामा आउने भक्तजनको भीडभाडले साना परेवा कुल्चिएर मर्ने समस्या पनि थपिएको उनले बताए । ‘दैनिक सयौं परेवा मर्न थाले, त्यसले व्यवस्थापनमा चुनौती थपियो,’ उनले भने, ‘फेरि बाहिरका परेवाले यहाँ भएकालाई पनि रोग सारिदिने भए, यहाँको हावापानीमा पनि घुलमिल हुन नसक्दा मर्ने समस्या थपियो ।’

जानकारी नभएर तथा लुकिचोरी ल्याउनेलाई पनि सहजताका लागि सार्वजनिक सूचना जारी गरी आह्वान गरिएको गुरुङले जनाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja