बागलुङमा श्रीमानले गरे श्रीमतीको हत्या



पोखरा

 बागलुङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको जैमिनी नगरपालिका-२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन् । घर छेउको बारीमा आलु खन्दै गरेकी राधाको पछाडिपट्टिबाट कोदालोले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

कोदालो प्रहारबाट गम्भीर भएकी राधालाई धवलागिरि अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  श्रीमतीलाई कोदालोले हानेपछि केशवले झुण्डिएर आत्महत्या गर्न खोजेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja