चितुवाको आक्रमणबाट गोरखामा एक जना घाइते



पोखरा

चितुवाको आक्रमणबाट पालुङटार नगरपालिका ८ का ६२ वर्षीय राजकुमार कुमाल घाइते भएका छन् । चितुवाको आक्रमणबाट कुमालको बायाँ कान र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

‘सुरुमा बच्चा बोकेको महिलाले चितुवा देखेपछि चिच्याउँदै भागिछन्, गोठालो गएका राजकुमार कुमाल पनि नजिकै हुनुहुँदो रहेछ । उहाँलाई चितुवाले झम्टिएछ,’ उनले भने । घाइते कुमालको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए । कुमालको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja