बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात



पोखरा

बलिउड अभिनेत्री सुस्मिता सेनले हालै आफूलाई हृदयघात भएको बताएकी छिन्।

उनले इन्स्टाग्राममार्फत आफूलाई हृदयघात भएको बताएकी हुन्। सेनले बुवासँगको तस्बिर सेयर गर्दै आफूलाई हृदयघात भएको र एन्जियोप्लास्टी गर्नुपरेको बताएकी छिन्। अहिले आफ्नो स्वास्थ्य ठिक रहेको उनको भनाइ छ।  

उनी लेख्छिन्, ‘आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनुस्। जब तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै उभिन्छ। मलाई केही दिनअघि हृदयघात भएको थियो। एन्जियोप्लास्टी गरें। स्टेन्ट राखिएको छ। सबैभन्दा महत्वपूर्ण कुरा, मेरो हृदयरोग विशेषज्ञले ‘मसँग ठूलो मुटु छ’ भनेर पुन: पुष्टि गरे। समयमै सहयोग र रचनात्मक कार्यको लागि सबैलाई धन्यवाद।

यो पोष्ट तपाईं मेरा शुभचिन्तक र प्रियजनहरू०लाई शुभ समाचारको बारेमा जानकारी गराउनका लागि हो। सबै ठीक छ र म फेरि बाँकी जीवनको लागि तयार छु। म तपाईंलाई माया गर्छु।’सुस्मिताका फ्यानले उनको स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja