पृथ्वीचोक र बुद्धचोकको बीचमा पुल निमार्ण कार्य अघि बढ्यो



पोखरा

पोखराको पृथ्वीचोक र बुद्धचोकको बीचमा रहेको सेती नदीमाथि पुल सानो भएको छ । साघुँरो भएकै कारण दैनिकजसो दुर्घटनासमेत हुने गरेको छ । पुल साँघुरो भएसँगै सोही ठाउँमा नयाँ डिजाइनका दुईवटा पक्की पुल निर्माणको तयारी थालिएको छ ।

निर्माणको जिम्मा पाएको रसुवा कन्स्ट्रक्सन कम्पनीले पुल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीका प्रतिनिधि सुदर्शन देवकोटाका अनुसार सेतीमाथि नेपालमा बनेका पुलहरुमध्ये नित्तान्त फरक प्रकृतिको पुल निर्माण हुन लागेको हो । उनका अनुसार बीचमा १४० मिटरको स्पाम,२५÷२५ मिटर फुटपाथसहितको पुल १९० मिटरको हुनेछ ।

कम्पनीले पोखरा रंगशालाको दक्षिण–उत्तरतर्फको क्षेत्रमा अस्थायी क्याम्प निर्माण गर्न सुरु गरिएको छ भने निर्माण सामग्री, फेब्रिकेसन र कंक्रिटका सामानहरु थुपार्न थालेको छ । हाइ स्टेन्थको कंक्रिट पुल निर्माण हुने भएकोले केही समयपछि पुल निर्माण स्थलमा रेडिमिक्सचर राखिने भएको छ ।

निर्माणाधीन दुवै पुल हाल रहेको पुलकै लेवलमा निर्माण हुनेछन् । गाडी गुड्ने भाग साढे ७ मिटर फुटपाथको रुपमा भने दुबै पुलको ३/३ मिटरको क्षेत्र रहने उनको भनाइ छ । साढे १० मिटरको हुने भए पनि टावरसहितको हिसाब गर्दा १३ मिटरको पुल निर्माण हुने उनले बताए ।

चिनियाँ कम्पनीले निर्माण गरेको हाल संचालित पुल ९० मिटरबीचमा राखिएको छ भने सेतीको भाग जोखिम होला भनेर अब बन्ने पुलमो १४० मिटरको जग राखिने भएको छ ।
तीन वर्षमा सक्ने गरी परियोजनाको सेप्टेम्बर २०२२ मा सम्झौता भइसकेको छ । पुलको डिजाइन गर्न नै ६ महिना लागेको छ भने समय सीमाभित्र पुल निर्माण गर्ने कम्पनीले दाबी गरेको छ । पुलको लागत ९४ करोड रहेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै जतिसक्दो छिटो पुल निर्माण गर्न पोखरा महानगरले आवश्यक समन्वय गरिरहेको मेयर धनराज आचार्यले जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja