लागुऔषधसहित पोखरामा दुई जना पक्राउ 



पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१३ चिसापानीमार्गस्थित डेरा गरी बस्ने पोखरा-९ का वर्ष २६ का आशिष थकाली र स्याङजा पुतलीबजार नगरपालिका वडा नं. ६ स्थायी घर भइ हाल पोखरा-१३ चिसापानी मार्ग बस्ने वर्ष २७ का सुमन गुरुङ रहेका छन् । मंगलबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुबाट लागूऔषध खैरो हेरोईन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ तत्काल तौल गर्दा ३० ग्राम, नाईट्रोभ्याट २५ चक्की, डिजिटल तराजु १ थान र मोवाईल दुई थानसमेत फेला परेको कास्की प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।  पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja