आठ वर्षपछि अभिनेता घिमिरे ‘मेरी बास्सै’मा 



पोखरा

गत महिना मात्र लामो समय प्रसारणको रेकर्ड राखेको टेलिभिजन सिरिज ‘मेरी बास्सै’मा माग्ने बुढा पात्रको पुनरागमन भएको छ । मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त सिरिजमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’कै रोलमा प्रस्तुत हुनेछन् ।

आठ वर्षपछि अभिनेता घिमिरे ‘मेरी बास्सै’मा देखिने भएका हुन् । दर्शकले एक एपिसोडमा भएपनि माग्ने बुढाको चर्चित पात्रलाई हेर्न पाउनेछन् । यो श्रृंखलामा उनी अभिनेत्री बेनिशा हमालसँगै देखिने जनाइएको छ । शुक्रबारदेखि हलमा प्रदर्शन हुने तयारीमा रहेको ‘छक्कापञ्जा ४’को प्रवद्र्धनका लागि माग्ने बुढाले ‘मेरी बास्सै’मा अभिनय गरेका हुन् ।

‘छोटै भएपनि उहाँको कमब्याकले हामीलाई खुसी दिलाएको छ । छायांकन सकिएको छ र आज प्रसारण हुन्छ,’ मेरी बास्सैका अर्का कलाकार लेखान्त भुसालले अनलाइनखबरसँग भने । ‘मेरी बास्सै’ले केदार घिमिरेलाई माग्ने बुढाको रुपमा चर्चित बनाएको थियो । आठ वर्षअघिसम्म उक्त सिरियलमा उनले सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सँगै सहकार्य गरेका थिए । अहिले मेरी बास्सैलाई सुरवीर पण्डितलगायतका कलाकारले निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja