अभिनेता पल शाह एक वर्षपछि थुनामुक्त



पोखरा

अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएको भोलिपल्ट उनी रिहा भएका हुन्। यसअघि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएको हो ।

नाबालिक बलात्कारको आरोप लागेपछि एक वर्ष अघि फागुन १५ गतेकै दिन उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए। उनी ठ्याक्कै एक वर्ष पछि फागुन १५ गते नै रिहा भएका छन्। उनलाई स्वागत गर्न परिवारसहित संगीतकार र केही फिल्मकर्मीसमेत कारागार पुगेका थिए । त्यसक्रममा फ्यानले पलको पक्षमा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja