पोखरामा कोक मोमोरी फेस्ट सम्पन्न



पोखरा

पोखरामा कोक मोमोरी फेस्ट सम्पन्न भएको छ । नेपालको अग्रणी पेय पदार्थ कम्पनी कोकाकोला नेपालले वाराहीघाट परिसरमा शनिबार मोमोरी फेस्ट आयोजना गरेको हो ।

कोकाकोला र ममको स्टलसहित सांगीतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम भए । कोकाकोलाले वार्षिकरुपमा आयोजना गर्दै आएको कोकाकोला मोमो उत्सव यस वर्षको संस्करणको रुपमा मोमोरी फेस्ट गरेको जनाएको छ ।

मुख्य आकर्षणमा १२ भन्दा धेरै स्वादका मोमोका स्टल थिए । अन्य रमाइला खेलकुदका स्टल पनि राखिएको थियो । कार्यक्रममा लाइभ म्युजिक तथा डिजे सेसन चलेका थिए । फेस्टमा ब्लु फायर सांगीतिक समूह तथा सिडी विजय अधिकारीको प्रस्तुति राखेका थिए । कार्यक्रममा दर्शकलाई प्रवेश शुल्क एकसय रुपैयाँवापत २५० एमएलको कोकाकोलाको दुई बोतल दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja