ट्याक्टरको ठक्करबाट बागलुङमा एक बालकको मृत्यु



पोखरा

बागलुङको ढोरपाटनमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध १ त ५११ नंको ट्याक्टरले ठक्कर दिँदा शनिबार साँझ सोही गाउँका १३ वर्षका लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको हो ।

बालकलाई ठक्कर दिने ट्याक्टर र चालक कसम पुनमगरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।

चामिद्वारमा बालुवा झारेर बुर्तिबाङ फर्किँदै गरेको ट्याक्टरले विकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बालक भने बारीमा मल फालेर घर फर्कँदै गरेको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja