पोखरामा भयो हिउँदे वर्षा



पोखरा

पोखरामा चार महिनापछि बिहीबार परेको बिहीबार हिउँदे वर्षाले सुकेको हिउँदे खेतीलाई केही राहात मिलेको छ । तर, कुनै क्षेत्रमा असिना समेत पर्दा तोरी, गहुँ, फापर र तरकारी बालीमा क्षति पुर्‍याएको छ ।

पोखरा-३० गगनगौडा, पोखरा-३२ मालमुलफाँट र भरतपोखरी लगायत क्षेत्रमा बिहीबार दिउँसो वर्षासँगै असिना परेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। 

लामो समयपछि परेको पानीले सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहत मिलेपनि कतै असिना समेत पर्दा हिउँदे बालीमा क्षति पुगेको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए। असिनाले महानगरपालिकाको कुन कुन क्षेत्रमा के कति क्षति पुग्यो भन्ने विवरण आउन बाँकी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja