नवलपुरका किसानलाई चैते धान रोप्ने चटारो 



पोखरा

पूर्वी नवलपरासीका किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ ।

असार, साउनमा लगाइने धानभन्दा यो मौसममा लगाइने धानको उत्पादन वढी हुने भएकाले किसान आकर्षित भएका हुन् । सिाचाइ सुविधा भएका तथा सिमसार आसपास पर्ने गैंडाकोट, कावासोती, मध्यविन्दु, लगायतका स्थानमा चैते धान रोप्न किसान व्यस्त छन् ।

किसानले वर्षायामको धान बिक्री गर्ने र चैते धान घरमा नै प्रयोग गर्ने गर्दछन् । जिल्लामा एक हजार २ सय १० हेक्टर क्षेत्रफलमा चैते धान लगाइने कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले बताए । गत वर्ष जिल्लामा ६ हजार १ सय २३ टन धान उत्पादन भएको थियो । जिल्लाका अधिकांश किसानले चैते धान रोप्ने इच्छा भएपनि सिाचाइ अभावमा एक खेती मात्र गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja