नेपालको पहिलो रक गायक माइक खड्काको निधन 



पोखरा

नेपालका पहिलो रक गायक माइक खड्काको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको छ ।

खड्काको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंनेछ । वास्तविक नाम मुकुन्दकुमार खड्का भएपनि उनको स्टेज नाम चाहिं माइक खड्का हो । निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको बताएका छन् । खड्कालाई नेपालको एल्भिस प्रिस्ले भनिने गरिएको जानकारी समेत उनले दिए ।

नेपाली, हिन्दी र अंग्रेजी संगीतका ज्ञाता समेत रहेका खड्काले विधिवत् रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए । गायक ओमविक्रम विष्ट, अरुण थापा र दिव्य खालिङसँग उनले सहकार्य गरेका थिए । केही अंग्रेजी गीतको रेकर्ड गराएपनि उनले एल्बम भने सार्वजनिक गर्न पाएनन् । मुलुकको पुरानो सांगीतिक ब्याण्ड मानिने फ्रिडमसँग पनि उनले सहकार्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja