यस वर्षको मिस वर्ल्डको ग्राण्ड फिनाले दुबईमा हुने 



पोखरा

यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले पहिलोपटक मध्यपूर्वी एसियाली मुलुक यूएईको आर्थिक सहर दुबईमा हुने भएको छ ।

नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ सहमालिक बनेपछि पहिलोपटक मिस वर्ल्ड एसियामा हुन लागेको हो । मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष जुलिया मोर्लीले इन्स्टाग्रामबाट यस्तो घोषणा गर्दै प्रतियोगिताको ७१ औं संस्करण यूएईमा गर्ने निश्चित भएको जानकारी दिन पाउँदा खुसी लागेको बताएकी छन् ।

सहमालिक गुरुङले पनि यसअघि यस वर्षको मिस वर्ल्ड एसियामा हुने संकेत गरेका थिए । उनले कम्तीमा १० वर्षमा मिस वर्ल्ड नेपालमा समेत गर्न सकिने योजनाबारे छलफल भइरहेको जनाएका थिए । आगामी मे महिनामा दुबईमा फिनाले हुने भनिएपनि निश्चित मिति भने सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja