हुप्सेकोटमा दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान



पोखरा

हुप्सेकोट गाउँपालिकाले दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन थालेको छ ।

गाउँपालिकाभित्र रहेका दुई वटा दुग्ध सहकारीमार्फत त्यस्तो अनुदान रकम वितरण थालिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालले दूध उत्पादन कार्यमा संलग्न कृषकलाई प्रोत्साहन गर्न सहयोग पुगोस् भन्नका लागि त्यसरी अनुदान रकम वितरण गरिएको सुनाए ।

उनले आउँदो एक वर्षमा कम्तीमा ८०, ९० हजार लिटर दूध यी सहकारीमार्फत बिक्री हुने अपेक्षा गरेको जानकारी दिए । पालिकाले दुग्ध सहकारीले उपलब्ध गराएको तथ्यांकका आधारमा अनुदान रकम दिने व्यवस्था गरेको हो । अनुदान रकम सोझै साना कृषकको हातमा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको बस्यालले बताए । हुप्सेकोट गाउँपालिकाले कृषकले पशु बिमा गर्दा लाग्ने प्रीमियम रकमको ५० प्रतिशत अनुदान दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja