पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते बाट रात्रिकालीन उडान हुने



पोखरा

काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।

आन्तरिक उडान तर्फ बिहानदेखि सुरु भएपनि दिउँसो ४ बजे विमानस्थल बन्द गर्नुपर्ने अवस्थाको रात्रिकालीन उडानसँग अन्त्य हुने पोखरा विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले बताइन् ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार पोखरा—काठमाडौं रात्रिकालीन उडान फागुन २५ सुरु हुन्छ । ‘विमानस्थलले म्याचुरिटी पिरियड पार गरेसँगै वुद्धले मार्च ९ गतेबाट रात्रिकालीन उडान गर्छ,’ प्रवक्ता कर्णले भने, ‘काठमाडौंबाट पोखरा गएर ४ वटा बुद्धको विमान बास बस्छन् ।’ बुद्धले बेलुका ८ बजेसम्म उडान गर्ने कर्णले बताए । ‘अहिले दिउँसो ४ बजेसम्म उडान गरेको छ । अब काठमाडौं—पोखरा बेलुका ८ बजेसम्म गर्छौं,’ उनले भने । 

पोखरा विमानस्थल इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भोलि फेब्रुअरी २३ बाट लागू हुन्छ । योसँग रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको म्याचुरिटी पिरियड पुग्छ । फ्लाइट प्रमाणित नेपाल नागरिक उड्डयन प्राधिकरणले चोक जाँच गरेर रात्रिकालीन उडान गर्न अनुमति दिएको हो । प्राधिकरणले बुद्धलाई अनुमति दिइसकेको बुद्ध एयरलायसन्का प्रवक्ता कर्णले बताए ।  पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको हो । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न कोरियन एयर, बीज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतको चासो देखाएको प्राधिकरणले जनाएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja