पाेखरा झाडीबाट ल्याएकाे बस्तु पड्कँदा दुई बालक घाइते



पोखरा

पोखरामा विस्फोटक पदार्थ पड्किंदा दुई बालक घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ ठूलढुङ्गाका १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक जनाको हातमा र अर्का एक जनाको हात र खुट्टा दुवैमा चोट लागेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार बालकहरुले नेपाली सेनाको पोष्ट नजिकैको वनमा भेटाएको विस्फोटक पदार्थ घरमा लगेर खेलाउँदा पड्किएको हो । 

‘घाइतेहरुको अवस्था सामान्य नै छ । हात गाेडामा चाेट छ । त्यसमध्ये एउटाको राति नै अपरेसन भएको छ, अर्को एक जनाको आज भएकाे छ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले बताउनुभयो ।

कास्की प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मंगलबार दिउसो बालकहरु खेल्न गएको र त्यसक्रममा विस्फोटक पदार्थ फेला पारी घरमा ल्याएका थिए । विस्फोटक पदार्थ ठूलो घातक कुरा नभई सामान्य फ्युज भएको हुनसक्ने उनले बताए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja