पोखरा प्रस्याङस्थित खुडेपोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु



पोखरा

पोखरा महानगरपालिका वडा नम्बर ५ पस्रयाङमा स्थित खुडेपोखरीमा डुबेर ४ वर्षीय सुहौन केसीको मृत्यु भएको छ ।

सोमबार बेलुका घर नआएपछि खोजी कार्य गर्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।खेल्ने क्रममा  घर अगाडी रहेको पोखरीमा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘हिजोबाट घरमा नआएपछि खोजी कार्य जारी थियो । मंगलबार बिहानै घर नजिकैको पोखरीमा खोजी कार्य गर्दा डुबेको अवस्थामा मृत भेटिएका हुन्,’ वडा नम्बर ५ की पूर्व वडा सदस्य अञ्जु क्षेत्रीले भनिन् ।  घर पर्वत  भए पनि धारापानीमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja