पोखरा आउँदै गरेको हाइसमा लागूऔषधसहित दुई जना पक्राउ



पोखरा

जिल्ला प्रहरी कार्यालय स्याङजाले फेदीखोला गाउँपालिकाबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धादिङ गजुरी गाउँपालिका वडा नं. ९ घर भएका २६ वर्षीय राजन बराईलीसहित दुई जना रहेका छन् । पक्राउ पर्ने अर्को व्यक्ति नाबालक रहेको बताइन्छ । उनीहरुको साथबाट नाईट्राभेट ४० ट्याब्लेट, फेनारगन १८३ एम्पुल, डाईजेपाम १८६ एम्पुल र नुर्फिन १८५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । 

वालिङबाट पोखरातर्फ आउँदै गरेको ग२ख १२२५ नम्बरको हाइस गाडी चेकजाँच गर्दा गाडीमा सवार उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja