लेखनाथस्थित डाँडाकोनाकमा बस दुर्घटना, चालकसहित ४२ जना घाइते



पोखरा

पोखराको लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । 

पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवप्रसाद पाठकले घटनास्थलबाट दिएको जानकारी अनुसार घाइतेहरुको उद्धार गरि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा ल्याइएको छ ।

बस सडकबाट खोल्सामा खसेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए । घाइतेको उद्धार जारी रहेकाले पूरै अवस्था आइनसकेको उनले बताए । उनका अनुसार घाइतेलाई उपचारका लागि एम्वुलेन्समार्फत पोखरा ल्याउनेक्रम जारी छ ।  

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja