आँबुखैरहनीदेखि पोखरा जाने सडक बिस्तारको काम सुस्त गतिमा



पोखरा

तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले विस्तारमा आशातित गति समाउन अझै सकेको छैन । सडक विस्तार गर्ने क्रममा ठाउँठाउँमा भित्ता काट्ने काम हुँदा सडक धुलाम्य छ । निकट वस्तीका वासिन्दाहरु सडक विस्तारको काम कहिले सकिएला र धुलोबाट मुक्ति पाइएला भन्ने आशामा बसेका छन् ।

८० किलोमिटर सडकखण्डलाई दुई भागमा बाँडेर निर्माण थालिएको झण्डै डेढ वर्ष वितेको छ । तर, प्रगति भने जम्मा १० प्रतिशतको हाराहारीमा छ । दुवै प्याकेजको ठेक्का चिनियाँ कम्पनीले पाएका छन् । तुलनात्मक रूपमा सजिलो भूगोल भए पनि ठेकेदार कम्पनीले कामको स्पीड बढाउन सकिरहेको पाइँदैन । अहिलेको सिजन कामका लागि मुख्य समय मानिन्छ । यो समयमा कामलाई गति दिन नसके केही महिना पछि नै बर्खा लाग्ने र झनै काम गर्न नसकिने अवस्था आउने आयोजनाका अधिकारीहरु बताउँछन् ।

सडकको भित्ता काट्ने, रिटेनिङ्ग वाल लगाउने, नाली बनाउने काम जारी छ । रुख काट्ने काम लगभग सकिएको छ भने, विद्युतका पोल सार्ने काम अझै पनि बाँकी छ । अहिलेको सडकलाई विस्तार गरी शहरी क्षेत्रमा सर्भिसलेनसहित ६ लेन र अन्यत्र चार लेनमा विस्तार गरिनेछ । त्यसको बीच भागमा ३ मिटरको मेडियन बन्ने छ । ६ लेनमा तीनवटा मेडियन हुने डिजाइनमा उल्लेख छ । विमलनगर, डुम्रे, दमौली, खैरहनीटार लगायतका बजार क्षेत्रमा सडक ६ लेनको हुनेछ ।

विस्तार भएपछि मेडियनका दुईतर्फ ७-७ मिटरको सडक हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । सहरी क्षेत्रका मेडियनमा ग्रिनरी बेल्ट तयार गरेर रुख बिरुवा र फूल रोपिने छन् । चार लेनको सडकको दायाँबायाँ नै साढे २ मिटरको सोल्जर (अतिरिक्त पिच) गरिनेछ । यसले मुख्य लेनबाट बाहिरिनुपर्दा पनि सवारीलाई दुर्घटनाबाट बचाउँछ भने मुख्य लेनलाई पनि बलियो बनाइराख्छ ।

सो ठेक्कामा तीन वर्ष निर्माण, एक वर्ष मर्मत र त्यसपछि पाँच वर्ष सम्भारको अवधि गरी जम्मा नौ वर्षसम्म कम्पनीसँग सम्झौता रहने छ ।

प्याकेज १ः

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja