पोखरामा लागुऔषध बेचबिखनमा संलग्न गिरोह पक्राउ 



पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषध बेचबिखनमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।

शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन बस्ने २५ वर्षीय सञ्जय गुरुङ उर्फ ‘प्रशान्त’लाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा गिरोह नै नियन्त्रणमा लिएको इन्स्पेक्टर ज्ञान खड्काले बताए । प्रशान्तको साथबाट प्रहरीले २ एमएल लेखिएको डाइजापाम २०, फेनारगन २३, बुफ्रिन २९ एम्पुल गरी जम्मा ७२ एम्पुल लागुऔषध फेला पारेको इन्स्पेक्टर खड्काले बताए । 

प्रशान्तलाई पक्राउ गरेर अनुसन्धान गर्दा जाँदा बेचबिखनमा संलग्न गिरोह नै नियन्त्रणमा परेको छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा पोखरा २५ हेम्जा बस्ने ३६ वर्षीय पवन थापाको साथबाट डाइजापाम ७, लेखेको फेनारगन ७, लेखेको नुफिन ७ एम्पुल गरी २१ एम्पुल लागुऔषध बरामद भएको खड्काले बताए । ‘उहाँको साथबाट सेतो प्लाष्टिकमा पोको पारि राखेको लागू औषध हिरोइन जस्तो देखिने सेतो धुलो ०.४० मिली ग्राम बरामद भएको छ,’ इन्स्पेक्टर खड्काले भने ।  

उक्त अनुसन्धानमा २२ वर्षीय अनिष श्रेष्ठ पनि पक्राउ परेका छन् । अनिषको साथबाट रातो फाइबरको झोला भित्र लुकाइ राखेको ३४, फेनारगन ३४,नुफिन ३४ एम्पुल गरी  जम्मा १०२ एम्पुल फेला पारी बरामद गरिएको इन्स्पेक्टर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja