ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु



पोखरा

मकवानपुरको मनहरी गाउँपालिका-६ रामडाँडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा कास्की घर भएकी स्कुटर चालक अमृता परियारको मृत्यु भएको छ ।

आज बिहान करिब साढे ६ बजे चितवनबाट मनहरीतर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको ग १५ प ३९६९ नम्बरको स्कुटर ठक्कर दिएको थियो । घटनामा कास्कीको निर्मल पोखरी-२ बस्ने ३८ वर्षीया अमृता परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja