पोखरा चाउथेस्थित एक फर्निचरमा आगलागी, दुई जना घाइते



पोखरा

पोखरा महानगरपालिका वडा नं. १४ चाउथेस्थित पाल्पा भैरव फर्निचरमा आगलागी भएको छ ।  सो आगलागीमा परि दुई जना घाइते भएका छन् भने करोडौँको क्षति भएको छ । घाइते हुनेमा उद्योगमै कार्यरत राहुल गुरुङ र आशिष गुरुङ रहेका छन् । 

घाइतेमध्ये राहुलको गण्डकी मेडिकल कलेज (जिएमसी) मा र आशिषको ग्यालेक्सी हस्पिटलमा उपचार भइरहेको छ । राहुललाई आइसियूमा राखेर उपचार भइरहेको फर्निचर उद्योगका सञ्चालक दीपककुमार कार्कीले जानकारी दिए । अर्का घाइते आशिषको पछाडिपट्टिको भाग जलेको भएपनि अवस्था सामान्य रहेको उनले बताए । उद्योगमा राति ६ जना सँगै सुतेका थिए । आगलागी भएको थाहा पाएपछि अन्य चार जना भने पर्खाल नाघेर भाग्न सफल भएका कारण सकुशल रहेको बताइएको छ ।

बुधबार राति भएको आगलागीबाट फर्निचरमा ठूलो क्षति पुगेको छ । टिनको टहरा मुनि सञ्चालन गरिएको फर्निचरमा आगलागीबाट फर्निचर, प्लाइउडका सामान र मेसिनरी सामानसमेत नष्ट भएको छ ।  आगलागीबाट करिब तीन करोडको क्षति भएको अनुमान गरिएको छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja