नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीको अध्यक्षमा डा. राजेश चौधरी



पोखरा

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा डा. राजेश चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

एशोसिएसनको तेश्रो साधारण सभा एवं अधिवेशनले अध्यक्षमा डा.राजेश चौधरीलाई निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी एशोसिएसनको उपाध्यक्षमा डा. भाजुराम चौधरी, सचिवमा डा. अविनाश भट्टराइ, सह सचिवमा डा.सपनालक्ष्मी घिमिरे र कोषाध्यक्षमा डा. शर्मिला कुमाल निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा डा. सोनिया गुरुङ, डा. रुपक कंडेल, डा. अजयराज ओझा, डा. गणेश रानाभाट, डा. अनिल गौतम र डा. सन्तोष बास्तोला निर्वाचित भएका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख सह सचिव डा. जगदीश पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्ष डाक्टर केदार राज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पशु चिकित्सक डा. प्रेरणा सेढाई भट्टराई र पशु चिकित्सक डा. राजेश चौधरीले एशोसिएसनले गरेको कार्यप्रगति चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गरेका थिएभने कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. शोभा शर्माले स्वागत मन्तब्य राखेकी थिइनभने कार्यक्रमको सञ्चालन डाक्टर सोनिया गुरुङले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja