पोखरामा प्लास्टिक जलाउनेलाई महानगरपालिकाले कारबाही गर्ने 



पोखरा

पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ ।

औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रम यस्तो समझदारी गरिएको हो । टोलीले वातावरणीय प्रदूषणको अवस्थाका बारेमा प्रतिवेदन तयार गरी बुझाउने छ । 

पोखरामा पछिल्लो समय वातावरणीय प्रदूषण बढेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले मानिसको स्वास्थ्यमा आउन सक्ने जोखिमहरूको न्यूनीकरणका लागि थप सचेतना सहित सजगताको आवश्यकतामा जोड दिए ।

कुनै पनि हालतमा औद्योगिक क्षेत्रबाट निस्कने रासायनिक पदार्थ र पानीलाई बाहिर ढलमा मिसिनुभन्दा पहिले नै प्रशोधन गर्नुपर्ने उनले बताए । प्लास्टिक जलाउने जो कोहीलाई महानगरपालिकाले तत्कालै कारबाही गर्ने प्रमुख आचार्यले बताए । 

छलफलमा सहभागी पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष सुरेश श्रेष्ठले यस विषयमा आफूहरू गम्भीर रहेको बताए । पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख किशोरकुमार पाण्डेले वातावरण सुधारका लागि आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja