पोखरा म्याराथनमा भाग लिन ३ गतेसम्म नाम दर्ता गर्न सकिने



पोखरा

पोखरा म्याराथनमा सहभागिताका लागि खेलाडी दर्ता समय थप गरिएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको खेलाडी दर्ता समय थप गरेको हो । माघ २९ गते सम्म दर्ता मिति रहेकोमा फागुन ३ गतेसम्मका लागि थप गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् । विभिन्न जिल्लाका धावकहरु पोखरा म्याराथनमा आउन चाहना राखेकोले दर्ता समय थप गरिएको बताउँदै पोखरा म्याराथन अन्तर्गत हुने ७ वटा इभेन्टहरु एकै पटक एकै समयमा हुने बताए ।

‘पोखराकै ब्राण्डकाे रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा दर्ता गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।’ – अध्यक्ष पराजुलीले भने– ‘पूर्व मेचीदेखि महाकालीसम्म सातै प्रदेशबाट धावकहरु आउन चाहेका छन् । हामीले सोही अनुरुप फागुन ३ गते सम्मका लागि समय थपेका छौं ।’ पोखरा म्याराथन नेपालकै जेठो म्याराथन हो भने सर्वाधिक पुरस्कार राशीको म्याराथन समेत हो । आयोजकले पुरस्कारका लागि मात्रै १७ लाख ५२ हजार खर्च गर्दैछ भने दौड पुरा गर्नेलाई फिनिशर मेडल समेत प्रदान गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja