नेपाली वृत्तचित्र ‘डढेलो’ले पायो अन्तर्राष्ट्रिय अवार्ड



पोखरा

विगत २० वर्ष देखि नेपाली तथा विदेशी डकुमेन्ट्री फिल्म तथा अन्तर्राष्ट्रिय भिडियो पत्रकार श्याम कार्कीले हालै मौरिससमा भएको अन्तर्राष्ट्रिय (Phare International Film Festival) मा नेपाली वृत्तचित्र डढेलो उत्कृष्ट भई अवार्ड पाउन सफल भएको छ । जसमा विभिन्न देशका सय भन्दा बढि वृत्तचित्र निर्माताले सहभागिता जनाएका थिए ।

श्यामसन फिल्म प्रोडक्सनको ब्यनरमा बनेको उक्त फिल्मले हालसम्म स्वदेश तथा विदेशमा गरि ३० वटा भन्दा बढि फिल्म फेस्टीबलमा सहभागिता जनाएको छ । उक्त वृत्तचित्रले काठमाडौँमा भएको पवर्ततिय चलचित्र महोत्सव (KIMFF) वृत्रचित्रमा जलवायु परिर्तन सम्बन्धी विधामा दोस्रो हुन सफल भएको थियो ।

त्यसैगरी अस्ट्रेलियाको (Dare to struggle) सट फिल्म फेस्टीबलमा अनरेबल मेन्सन अवार्ड पाएको थियो । त्यस्तै गरी नेपाल अमेरिका फिल्म फेस्टीबलमा पनि उक्त वृत्रचित्र (Specially mention Award) पाउन सफल भएको थियो ।

यो वृत्तचित्रमा सन् २०२१ मा नेपालको जंगलमा एकै पटक ७० वटा ठाउँमा आगलागी हुँदा रेडपान्डा जस्तो दुर्लभ जनावरलाई कस्तो असर परेको छ, जल वायु परिवर्तका करण जनावर तथा जनमानसको जीवनमा परेको असरको उदाहरण देख्न सकिन्छ । उक्त वृत्तचित्र निर्देशक कार्की विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वृत्तचित्र बनाउने कार्यमा क्रियाशील रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja