पर्वतमा भ्यान दुर्घटना, चालकको मृत्यु



पोखरा

पर्वतमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामा आफैले चलाएको ध १ ज ११२३ नम्बरको इको भ्यान दुर्घटनाग्रस्त हुँदा ४० वर्षीय बालकृष्ण पौडेल उपाध्यायको मृत्यु भएको हो ।

आइतबार साँझ भएको दुर्घटनापछि पौडेललाई उपचारका पर्वत अस्पतालमा पुर्याइए पनि उपचारकै क्रममा आइतबार बेलुकी नै उनको मृत्यु भएको हो । प्रहरीका अनुसार घटनामा अन्य दुई जना सामान्य घाइते भएका थिए । घाइते २१ वर्षीया मनीषा दर्जी र ३३ वर्षीया सलिना विक उपचारपश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja