पोखराका व्यवसायी गौतम वीरगन्जमा मृत फेला



पोखरा

पोखराका व्यवसायी बलराम गौतम मृत अवस्थामा फेला परेका छन् । माघ २ गते घरबाट निस्केका उनी शनिबार बिहान वीरगन्जमा मृत अवस्थामा फेला परेका हुन् ।

गौतममै केही दिन पहिला आफन्तलाई म्यासेज लेखेर आफू भारत रहेको जानकारी गराएका थिए । शनिबार बिहान साढे ५ बजेतिर वीरगन्ज बसपार्कसँगैको पार्कमा उनी आएको सिसिटिभी फुटेजबाट देखिएको छ ।ओहोरदोहोर गरेपछि कुर्सीमा बसेर चिया पिएको देखिएको र त्यसलत्तै बसेकै ठाउँमा उनको टाउको झुकेको देखिएकाले हृदयाघातको अनुमान गरिएको छ ।

उनको शव पोस्टमार्टम गरेर शनिबार राति नै पोखरा ल्याइएको थियो । आइतबार तुलसीघाटमा उनको अन्त्येष्ठी गरिएको छ । सहकारी संघ पोखराका अध्यक्ष समेत रहेका व्यवसायी गौतम नेकपा एमाले गण्डकी प्रदेश सदस्य हुन् । उनी पृथ्वीनारायण क्याम्पसका पूर्वप्राध्यापक पनि हुन् । कास्की पुरनचौरका गौतम पत्नी गीता र ३ छोरी सहित पोखरा गैरापाटनमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja