पोखराको महेन्द्रपुलमा सवारी दुर्घटना हुँदा २ जना घाइते



पोखरा

पोखराको महेन्द्रपुलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

महेन्द्रपुलमै बा १३ च २६६२ नम्बरको पजेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता शिवप्रसाद पाठकका अनुसार घाइते हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ३ की ५२ वर्षकी फूलमाया विक र उनका १८ वर्षका छोरा विष्णु विक रहेका छन् ।  घाइते दुवैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको छ । उनीहरुको अवस्था मध्यम रहेको बताइन्छ ।

महेन्द्रपुलको खाली जग्गामा पार्किङ गरेर राखेको गाडी पार्किङबाट निकाल्नेक्रममा साइकल यात्रीलाई ठक्कर दिंदै पुलको रेलिङमा ठोक्किन पुगेको थियो ।  सो गाडी पुलको रेलिङकै कारण सेती नदीमा खस्नबाट बचेको थियो । गाडी चालक तनहुँ शुक्लागण्डकीका चन्द्रबहादुर थापा प्रहरी नियन्त्रणमा छन् । गाडीलाई क्रेनको सहायताले निकालेर जिल्ला प्रहरी कार्यालयमा पुर्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja