तनहुँमा बेवारिसे अवस्थामा मानव कंकाल फेला 



पोखरा

तनहुँमा बेवारिसे मानव कंकाल फेला परेको छ । व्यास नगरपालिका- ११ को निर्वु सामुदायिक वनमा शनिबार बिहान कंकाल फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा गएको टोलीले घटनास्थलको अध्ययन अनुसन्धान गरेको र मृतकको नामथर, वतन र लिङ्ग पहिचान हुन नसकेको बताइएको छ । अनुसन्धानमा खटिएको टोलीले घटनास्थल सुरक्षित गरी घटनास्थलमा देखिए अनुसारको विवरणसहित घटनास्थल तथा शवजाँच मुचुल्का गरी उक्त कंकाल पोष्टमार्टम तथा सनाखत प्रयोजनार्थ दमौली अस्पतालको शव गृहमा राखेर थप अनुसन्धान अगाडि बढाइको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja