पोखरा-३३ की वडासदस्य पुर्पक्षका लागि जेल चलान



पोखरा

सवारी ज्यान मुद्दामा पक्राउ परेकी पोखरा महानगरपालिका वडा नं. ३३ का वडासदस्य एवं नगरसभा सदस्य लीलादेवी नेपालीलाई जिल्ला अदालत तनहुँले थुनामा पठाउन आदेश दिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गत पुस १३ गते सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नहुँदा पनि आफ्नी आमा टीकादेवी चापागाइँलाई स्कूटरमा बोकेर तनहुँ पुगेकी थिइन् ।  सोही क्रममा उनी सवार बा९प ५६४९ नम्बरको स्कूटरलाई शुक्लागण्डकी नगरपालिका वडा नं. २ हलेदीमा बा२क ६२१९ नम्बरको ट्रिपरले ठक्कर दिंदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी चापागाइँको पुस १७ गते मणिपाल शिक्षण अस्पतालाल पोखरामा उपचारकै क्रममा ज्यान गएको थियो ।

दुर्घटनापछि अनुसन्धान गर्नेक्रममा सवारी चालक अनुमतिपत्र नभएको पाइएपछि प्रहरीले वडा सदस्य नेपालीलाई पक्राउ गरेर मुद्धा अघि बढाएको थियो । नेपालीसंगै र ट्रिपर चालक तिलक श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja