पोखरामा फेरी एक पुरुषद्वारा आत्मदाहको प्रयास



पोखरा

पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

काठमाडौंमा केही दिनअघि आत्मदाहको घटना सेलाउन नपाउँदै पोखरामा एक जनाले घरभित्रै आफैलाई जलाउने प्रयास गरेका हुन् । कास्कीको मादी गाउँपालिका घर भएका ४५ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफू बहालमा बस्दै आएको पोखरा महानगरपालिका–१३ काहुँखोला स्थित घरको बाथरुममा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकाे बताइन्छ । बचाउने क्रममा घरभेटी घाइते भएकी हुन् ।

यस विषयमा कास्कीका निमित्त प्रहरी प्रवक्ता सुवास तिमिल्सिनाले घटनाको पुष्टि गरेपनि दुवैको परिचय खुलाउन चाहेनन् । घाइतेहरुको उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आईसीयू कक्षमा उपचार भइरहेको उनले जनाए । प्रत्यक्षदर्शीका अनुसार क्षेत्रीलाई बचाउने क्रममा संगीता सापकोटा पनि घाइते भएकी छन् । जल्दै गरेको अवस्थामा दुवै जनाको उद्धार गरी छिमेकीले अस्पताल पु¥याएका हुन् । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja