पोखराको पृथ्वीचोकमा सवारी दुर्घटना हुँदा एक युवतीको मृत्यु



पोखरा

पोखरामा आज बिहान करिब ९ बजे सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ ।

मृत्यु हुनेमा पोखराको लेखनाथ बुढीबजारकी २६ वर्षकी रेजीना आचार्य रहेकी छन् । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकका अनुसार पृथ्वीचोकको चाइनापुल नजिकै सो दुर्घटना भएको हो । चाइनापुलबाट पृथ्वीचोकतर्फ आउनेक्रममा आचार्य सवार ग१५प २४७६ नम्बरको स्कूटरलाई ना८ख ५२५१ नम्बरको बसले पछाडिबाट ठक्कर दिंदा दुर्घटना भएको प्रहरी वरिष्ठ नायव निरीक्षक पाठकले बताए ।

सो दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि बस चालक लमजुङका ३१ वर्षीय सुनिल नेपाली आफै ट्राफिक प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका थिए । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja