काहुँ धरहरा महोत्सव उद्घाटनका दिन म्याराथन प्रतियोगिता हुने



पोखरा

जनकल्याण क्लबको आयोजनामा यही फागुन ४ गतेदेखि चौथो काहुँ धरहरा महोत्सव आयोजना हुने भएको छ ।

फागुन १४ गतेसम्म हुने महोत्सवले काहुँ क्षेत्रको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने विश्वास लिएको महोत्सव संयोजक तथा जनकल्याण क्लबका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । गुरुङले काहुँ धरहरालाई पोखराको दृष्यावलोकनको गन्तव्य रुपमा विकास गर्ने उद्देश्य रहेको पनि बताए । यसैगरी क्लबका सचिव राजेन्द्र प्रसाद आचार्यले आन्तरिक तथा बाह्य पर्यटन भित्राउन महोत्सवले टेवा पुग्ने विश्वास लिएको बताए ।

महोत्सवको उद्घाटन दिनमा रानीपौवा देखि चापापानी हुँदै काहुँडाँडासम्म ७ किलोमिटर म्याराथन दौड हुने पनि आयोजकले जनाएको छ । महिला पुरुष दुवै विधामा हुने दौडमा प्रथम हुनेले १० हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार, तृतीय हुनेले ५ हजार र सान्त्वना ३ हजार रुपैयाँ नगद पुरस्कार दिइने पनि आयोजकले जनाएको छ ।

पोखराको मुख्य बजारबाट ६ किलोमिटरको दुरीमा रहेको काहुँडाडाबाट पोखरा शहरलाई दक्षिण पारेर रमणीय दृश्यावलोकन गर्न सकिन्छ । यसैगरी डाँडाको उत्तरतर्फ लहरै माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मै अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहबाट १ हजार ४ सय ६० मिटरको उचाईमा रहेको काहुँ डाँडासम्म पुग्ने बाटो माथिसम्मै पिच गरिएको छ भने फराकिलो पार्किङको पनि व्यवस्था डाँडामै रहेको छ । काहुँ धरहरा महोत्सव यस अघि वि.सं २०६२, २०६५ र २०७५ गरि तीन संस्करणमा आयोजना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja