लागुऔषधसहित म्याग्दीका एक युवा पक्राउ



पोखरा

ठूलो मात्रामा लागुऔषधसहित म्याग्दीका एक युवा पक्राउ परेका छन् ।

माघ २४ गते भैरहवाबाट बाग्लुङतर्फ आउँदै गरेको ना ५ ख ४९६७ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा म्याग्दी जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत बस्ने २२ वर्षीय रविन किसनलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । उनलाई तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा रहेको अस्थायी प्रहरी पोस्ट मुग्लिङ्ग पुलजिपको टोलीले मध्यान्ह साढे २ बजे पक्राउ गरेको थियो ।

किसनको साथबाट ६८ एम्पुल डाइजेपाम २ एमएल,६९ एम्पुल फेनार्गन २ एमएल र ६९ एम्पुल नुफिन २ एमएल गरि कुल २०६ एम्पुल नियन्त्रित लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । उनले कालो र नीलो रङ्गको झोलामा उक्त परिमाणको लागूऔषध लुकाइछिपाई ल्याएको प्रहरीले जनाएको छ । तनहुँ जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३, बमोजिमको कसुरमा म्याद थप गरी उनीविरुद्ध थप अनुसन्धान कार्य जारी रहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja