गोरखामा एक महिला मृत अवस्थामा फेला



पोखरा

गोरखा नगरपालिका–१२ रत्नेटारकी ३० वर्षीया विमला कुमाल मृत अवस्थामा भेटिएकी छन् ।

घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको केराबारीको झ्याङ नजिकै कुमाल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।

मंगलबार बिहान करिब ४ बजे घरबाट निस्किएकी उनी मध्याह्न १२ बजे मृत अवस्थामा भेटिएको डीएसपी लामिछानेले जानकारी दिए । यद्यपि मृतकको शरीरमा कुनै चोट नदेखिएका कारण शंकास्पद भएको भन्दै प्रहरीले यस घटनाको छानबिन गरिरहेको जनाएको छ । ‘शरीरमा चोटपटक देखिएको छैन, घटनाको थप अनुसन्धान भइरहेको छ,’ डीएसपी लामिछानेले भने । महिलाको शव पोष्टमार्टमका लागि अहिले गोरखा अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja