छन्त्याल समुदायको संस्कृति संरक्षणको लागी रु एक करोडको अक्षयकोष



पोखरा

म्याग्दीलगायतका जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रु एक करोडको अक्षयकोष स्थापना भएको छ ।

नेपाल छन्त्याल सङ्घले संस्थापक अध्यक्ष दिलबहादुर घरब्जाको स्मृतिमा कोष स्थापना गरेको हो । स्वदेश तथा विदेशमा रहेका ७९ जना छन्त्यालबाट न्यूनतम रु ११ हजारदेखि रु २० लाखसम्म सहयोग जुटाएर कोष स्थापना गरिएको सङ्घका सचिव दीपबहादुर छन्त्यालले जानकारी दिए ।

“कोषमार्फत प्राप्त हुने ब्याजले छन्त्यालहरूको पुर्खा, प्राचीन समयका बारेमा र जातिको उत्पत्तिको तथ्यगत प्रमाण, अभिलेख, वंशावली र अन्य दस्तावेजको खोजीमा परिचालन गर्ने लक्ष्य छ”, उनले भने, “लोप हुन लागेको छन्त्याल भाषा र संस्कृति संरक्षणमा जोड दिएका छौँ ।”

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५९ वटा आदिवासी जनजातिमध्ये छन्त्याल एक आदिवासी जनजाति हो । छन्त्याल जातिको उत्पत्ति र इतिहासको तथ्यगत प्रमाण हालसम्म जुटेको छैन । बोलीचालीमा प्रयोग भए पनि लिपि नभएको छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसक्दा हराउन थालेको छ । बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja